अस्मिता भुसाल,बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौँ बर्दघाट कृषी, पर्यटन तथा औधोगिक ब्यापार मेलाको आय ब्यय विवरण बिहिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
गत पुस १ गतेदेखी ११ गते सम्म सञ्चालन भएको उक्त मेलामा ७३ लाख १ हजार ६० रुपैया आम्दानी भएकोमा ६७ लाख ४९ हजार १ सय ६० रुपिया खर्च भएको र संघले ५ लाख ५१ हजार रुपैया बचत गर्न सफल भएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।
। उहाँका अनुसार टिकटबाट ३५ लाख १ हजार ६० रुपैया, बाल उधान रमाइलो मेलाबाट रु. १५ लाख, स्टलबाट रु. १० लाख, प्रायोजकबाट रु ७ लाख ५० हजार, बैंक पार्टनरबाट १ लाख, फिल्डबाट रु. ४ लाख ५० हजार आम्दानी भएको छ ।
२ सय स्टल रहेको उक्त मेलामा करिब डेढ लाख दर्शकले अवलोकन गरेको र मेला अपेक्षाकृत रुपमा सफल भएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
मेलामा दैनिक उपभोग्य बस्तु , साना तथा घरेलु उत्पादन, जबिुटी तथा कृषी उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय सस्ंथा, होटेल तथा रेष्टुरेण्ट, बाल उद्दान लगाएतका स्टलहरु रहेका थिए ।
मेलामा कृषी हस्तकला, घरेलु उत्पादन तथा महिला उधमीका स्टल निशुल्क राख्ने ब्यवस्था गरिएपनि अपेक्षकृत रुपमा ती स्टलको सहभागिता नभएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेले कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न, यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्न एकै थलोबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषि र अन्य उत्पादनहरुको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानिको विकास गराउन मेलाको आयोजना गरिएको उहाको भनाई थियो ।
मेला सञ्चालन हुदै आएको हरियाली नगर क्षेत्रलाई बर्दघाट मण्डपकै रुपमा विकास गर्न तीन तहका सरकार र अन्य सरोकारवाला निकाय संग पहल भइरहेको संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभएको छ ।
मेलाबाट बचत भएको रुकमबाट ब्यवसायीलाई आवश्यक तालिम तथा विपत कोष स्थापना गर्ने निर्णय गरिएको महासचिव न्यौपानेले जानकारी दिनुभएको छ ।
साथै पत्रकार सम्मेलनमा मेला सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्णमा आयोजकले धन्यवाद समेत ज्ञापन गरेको थियो।