ताजा अपडेटः

पश्चिम नवलपरासीका छुट्टाछुट्टै ठाउँबाट ६३ हजार ७ सय मुल्य बराबरको अवैध समान बरामद

पश्चिम नवलपरासीका छुट्टाछुट्टै ठाउँबाट ६३ हजार ७ सय मुल्य बराबरको अवैध समान बरामद प्रकाशित मिति: २७ पुष २०७९, बुधबार १६:४४

सुनवल।आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालीका वडा नम्बर ६ भगतपुराबाट ५२ हजार २ सय मुल्य बराबरको अवैध सामान बरामद गरीएको छ ।
अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ मोटर साईकलमा राखी ल्याउदै गरेको अवस्थामा ७ हजार ५ सय मुल्य बराबरको कपुर ७५ प्याकेट, ४ हजार २ सय बराबरको बड्डे स्प्रे २८ पिस, ८ हजार मुल्य बराबरको गम्छा २० थान, १० हजार ५ सय बराबरको पुजाको कपडा ७ थान, १ हजार बराबरको केक काट्ने चक्कु सय पिस र २१ हजार बराबरको फाईबर सिरक १४ थान गरी जम्मा अन्दाजी मुल्य ५२ हजार २ सय मुल्य बराबरको अबैध सामान बरामद गरीएको हो ।

प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खिमानन्दन पराजुलीको कमाण्डमा खटिएको ३ जनाको गस्ती टोलीलाई देखि सामान सोहि स्थानमा छाडि मोटरसाईकल लिएर फरार भएकोमा उक्त सामानहरु नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भोजराज पाण्डेयले बताउनुभएको छ ।
यसैविच
आजै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालीका वडा नम्बर ४ दरखासे बाट करिव ११ हजार ८ सय मुल्य बराबरको अवैध सामान बरामद गरीएको छ ।
भारतबाट अवैध रुपमा मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा ३ हजार २ सय बराबरको चिनी १ बोरा ५० केजिको, ४ हजार ४ सय मुल्य बराबरको खाने तेल ३४ पिस, १५ सय मुल्य बराबरको बिस्कुट १ पेटि, १२ सय मुल्य बराबरको सरफ ७२ प्याकेट र १५ सय मुल्य बराबरको कुरमुरे १ पेटी गरी जम्मा ११ हजार ८ सय मुल्य बराबरको अबैध सामान बरामत गरीएको हो ।
प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक बशिष्ट यादवको कमाण्डमा ३ जनाको गस्ती टोलीलाई देखी सामान सोही स्थानमा छाडी मोटरसाईकल लिई फरार भएकोमा उक्त सामानहरु नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।



Ads