ताजा अपडेटः

अवैध रुपमा ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ३ जिउदो भैसी र २ पाडा वरामद

अवैध रुपमा ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ३ जिउदो भैसी र २ पाडा वरामद प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार १५:०२

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरावसीको पाल्हिनन्दनबाट आज अवैध रुपमा ल्याउदै गरेको ४ लाख मुल्य बराबरको जिउदो भैसी र पाडा बरामद गरीएको छ ।

विशेष सूचनाको आधारमा विहान करिब साढे ५ वजे प्रहरी चौकी सनईबाट प्रहरी सहायक निरिक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोली र ससस्त्र प्रहरी बल (बिओपी)हरपुरबाट खटिएको संयुक्त टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ पडसरीबाट ३ वटा जिउदो भैसीँ र २ वटा जिउदो पाडा बरामत गरीएको हो ।

वरामद गरीएको भैसीँको प्रति जिउको १ लाख ३० हजारको दरले ३ वटा भैसीँको जम्मा मुल्य रु ३ लाख ९० हजार र पाडाको प्रति जिउको ५ हजारको दरले २ वटा पाडाको जम्मा मुल्य रु १० हजार समेत गरी कुल अन्दाजी जम्मा मुल्य ४ लाख बराबरको रहेको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेयले बताउनुभएको छ ।

बरामत गरीएको भैसीँ र पाडालाई आवश्यक कारवाहिको लागी महेशपुर भन्सार कार्यालय पठाईएको उहाँले बताउनुभयो ।
खुला सीमानाका कारण भारतबाट अवैध रुपमा पशु चौपायाहरुको चोरी निकाशी हुदै आईरहेको छ ।



Ads