ताजा अपडेटः

सम्झौता भएका योजना कार्यन्वयन सम्बन्धी मध्यविन्दुका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

सम्झौता भएका योजना कार्यन्वयन सम्बन्धी मध्यविन्दुका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण प्रकाशित मिति: २५ पुष २०७९, सोमबार १९:१५

प्रिय धन, नवलपुर।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका प्रधानाध्यापकहरुलाई सोमबार अभिमुखीकरण गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय शिक्षा क्षेत्र योजना तथा स्थानीय तहको योजनामा छनौटमा पर्न सफल विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको मध्यविन्दु नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
छनौटमा परेका विद्यालयहरुलाई समयमै कार्य सम्पन्न गराउन र कार्य सम्पन्न प्रतिवेदनमा एकरूपता ल्याउनका लागि सम्बन्धित विद्यालयका प्र अ तथा अध्यक्षहरुलाई निर्देशनात्मक अनुरोध गरिएको शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले बताउनुभयो ।
विद्यालयको गुणस्तर सुधारका लागि नमुना विद्यालय विकास कार्यक्रम , विज्ञान प्रयोगशाला निर्माण र बालविकास व्यवस्थापन शीर्षकका लागि छनौटमा परेका विद्यालयलाई कार्यान्वयन प्रक्रिया सम्बन्धमा अभिमुखीकरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले कार्य सम्पन्न पश्चात बिल भरपाई प्रमाणितमा समस्या हुने भन्दै गुनासो समेत राखेका थिए । सो विषयमा जवाफ दिंदै शाखा प्रमुख टेक प्रसाद पाण्डेले विद्यालय व्यवस्थापन समितिको निर्णय , प्रमाणित बिल भरपाई , कार्य सम्पन्न प्रतिवेदन कार्यविधि अनुसार नै हुने भएकाले शंका नगर्न समेत आग्रह गर्नुभयो ।
यसैबीच मध्यविन्दु शिक्षा युवा तथा खेलकुद शाखाले मध्यविन्दु नगरपालिका भित्रका कक्षा ८ संचालित विद्यालयलाई एक थान भलिबल र एक थान नेट जाली तथा मावि संचालित विद्यालयलाई दुई थान बल र एक थान नेट जाली उपलब्ध गराईएको पनि शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्नका लागि सामाग्री वितरण गरिएको समेत रेग्मीले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा सामुदायिक तर्फ २२ वटा शुद्ध प्राथमिक , १० ओटा आधारभूत र १३ ओटा माध्यमिक तह संचालित विद्यालय छन् ।



Ads