ताजा अपडेटः

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु प्रकाशित मिति: २५ पुष २०७९, सोमबार १३:०४

प्रदिप न्याैपाने,धनगढी । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस आज दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–१ का ५५ बर्षिय चन्द्र साउँद, ४५ बर्षिय ललित साउँद र २० बर्षिया निर्मला बोहरा रहेका छन् । दुर्घटनामा परी बस चालकको पनि मृत्यु भएको छ ।

भने दुर्घटनामा परि १७ जना घाइते भएका छन् । घाइतेकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउदेखि ३० किलोमिटर अगाडि विहान करिब ३ देखि ४ बजेको विचमा दुर्घटना भएकाे हाे । प्रारम्भिक अनुसन्धानका क्रममा सवारी चालकले मदिरा सेवन गरेर बस चलाउँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

बसमा ६६ जना यात्रु सवार रहेका थिए । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको बसमा सवार भुपेन्द्र साउँदले बताउनुभएकाे छ । बसको नम्बर खुल्न सकेको छैन ।

टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेकाे भएपनि उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन ।



Ads