ताजा अपडेटः

प्याप्सन नवलपरासीको ३२ औ स्थापना दिवसकाे अवसर पारी सुनवल यूनाइटेड इङ्लिस सेकेण्डरी बाेर्डिङ स्कुलद्वारा विद्यार्थीलाई सम्मान

प्याप्सन नवलपरासीको ३२ औ स्थापना दिवसकाे अवसर पारी सुनवल यूनाइटेड इङ्लिस सेकेण्डरी बाेर्डिङ स्कुलद्वारा विद्यार्थीलाई सम्मान प्रकाशित मिति: २४ पुष २०७९, आईतवार १९:५०

सागर पाैडेल,सुनवल । प्याप्सन नवलपरासीप्याप्सनको ३२ औ स्थापना दिवसकाे अवसर पारी पश्चिम नवलपरासीको सुनवल मा अवस्थित एक विद्यालयले आफ्नो विद्यार्थीलाई विभिन्न विधामा सम्मान गरेकाे छ ।

सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेकाे सुनवल यूनाइटेड इङ्लिस सेकेण्डरी बाेडिङ्ग स्कुलले कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीमध्येबाट विभिन्न विधामा उत्कृष्ट १५ जना विद्यार्थीलाई सम्मान गरेकाे हाे ।

विद्यालयका प्रिन्सिपल धनराज चापागाईंकाे अध्यक्षता र कक्षा ९ मा अध्ययनरत विद्यार्थी सफल ढकालकाे संचालनमा भएकाे सम्मान कार्यक्रममा विद्यालयकाे शिक्षम-शिक्षिका, सम्पूर्ण विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।



Ads