ताजा अपडेटः

प्याप्सन नवलपरासीको ३२ औ स्थापना दिवस केक काटेर मनाइयाे

कल्पना खरेल
प्याप्सन नवलपरासीको ३२ औ स्थापना दिवस केक काटेर मनाइयाे प्रकाशित मिति: २४ पुष २०७९, आईतवार १९:२४

कल्पना खरेल,सुनवल । प्याप्सन नवलपरासीको ३२ औ स्थापना दिवस आज सुनवल हिलपार्कमा मनाईएको छ । प्याप्सन नवलपरासीका अध्यक्ष गुरुदक्त पौडेलको अध्यक्षता र केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतित्थ्यतामा केक काटेर स्थापना दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै प्याप्सनका लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले शैक्षिक संस्थालाई उचाईमा पु-याउने र शिक्षा क्षेत्रमा योगदान दिने प्याप्सनको एकमात्र लक्ष्य रहेको बताउनुभएको थियो ।साथै उहाँहरुले प्याप्सनका गतिविधिमा सहभागिता न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै विद्यालयहरुलाई उत्साह पूर्ण सहभागिता जनाउन समेत आग्रह गर्नुभयो ।

प्याप्सनका जिल्ला सचिव वेनीराम भूषालकाे संचालन रहेकाे कार्यक्रममा प्याप्सन नवलपरासीका प्रमुख सल्लाहकार सल्लाहकार इन्द्र गुरुङ्ग, प्याप्सनका पूर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य, प्याप्सनका केन्द्रिय सह कोषाध्यक्ष यम वहादुर थापा, केन्द्रिय सचिव सुवर्ण न्यौपाने र प्याप्सन नवलपरासीका अध्यक्ष गुरुदक्त पौडेल लगाएतले मन्तव्य राख्नुभएकाे थियाे ।




Ads