ताजा अपडेटः

पश्चिम नवलपरासी स्थित विसासय सामुदायिक वनद्धारा दाउरा वितरण

पश्चिम नवलपरासी स्थित विसासय सामुदायिक वनद्धारा दाउरा वितरण प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार २०:१६

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासी स्थित विसासय सामुदायिक वनले आज आगो ताप्नको लागी दाउरा वितरण गरेको छ । सुनवल नगरपालीका वडा नम्बर ६ विसासयमा रहेको विसासय सामुदायिक वनले वनसगँ सम्बन्धित क्षेत्र अन्तर्गत पर्ने वडा नम्बर ६ र वडा नम्बर १ बाटो मुनीको केहि टोलमा आगो ताप्नको लागि दाउरा वितरण गरेको हो ।

बढ्दो चिसोलाई मध्यनजर गर्दैे जाडोबाट बच्नका लागी केहि राहत होस भन्ने उदेश्यले आफ्नो क्षेत्र सगँ सम्बन्धीत टोलहरुमा दाउरा वितरण सुरु गरिएको विसासय सामुदायीक वनका अध्यक्ष धन प्रसाद तिवारीले बताउनुभएको छ ।

हिजो अस्तिबाट शुरु गरीएको दाउरा वितरण कार्यक्रम अन्तर्गत आज उक्त सामुदायिक वन सगँ सम्बन्धित क्षेत्र अन्तर्गत पर्ने वडा नम्बर १ को कावुकनगर, पाइनियरपथ र रुपौलिया टोलमा ट्याक्टरमा राखेर विसासय सामुदायिक वन मुल समितिकी सदस्य कल्पना घिमिरेको नेतृत्वमा दाउरा वितरण गरीएको हो ।