कल्पना खरेल,परासी । पश्चिम नवलपरासीको रामग्रामबाट आज ३४ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा बरामद गरीएको छ । जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरीको गस्ति टोलीले विहान ६ बजे रामग्राम नगरपालीका वडा नम्बर १६ माउखोलाबाट अन्दाजी ३४ हजार २ सय मुल्य बराबरको ९० वटा अवैध बोईलर कुखुरा फेला पारी रितपूर्वक बरामद गरीएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।
बरामद गरीएका बोईलर कुखुरालाई आवश्यक कारबाहीका लागि आजै पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको छ ।
त्यसैगरी आजै विशेष सुचनाको आधारमा पाल्हिनन्दन गाउँपालिकाबाट ४२ हजार मुल्य बराबरको दाना बरामद गरीएको छ । ईलाका प्रहरी कार्यालय महेशपुर र प्रहरी चौकी गेर्मीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ भगतपुरा स्थित साबिर मियाको फुसले छाएको छाप्रोमा अवैध रुपमा लुकाई राखेको सोहि मुल्य बराबरको ७० बोरा गाई भैसीलाई खुवाउने दानालाई रित पुर्वक बरामद गरीएको हो ।
बरामत गरीएको दानालाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेयले बताउनुभएको छ ।