ताजा अपडेटः

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार १७:४४

कल्पना खरेल,सुनवल। पश्चिम नवलपरासी स्थित लुम्बिनी चिनी उद्योगमा आज स्थानीयबासीद्वारा तालाबन्दी गरीएकाे छ । उद्योगले स्थानीय सगँ गरेकाे पटक-पटककाे सहमति कार्यान्वयन नगरेकाे भन्दै आक्रोशित स्थानियहरुले लुम्विनी चिनिमिलको गेटमा ताला लगाएका हुन् ।

बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले सहमतिलाई वेवस्था गर्दै आएको स्थानीयकाे आरोप छ ।

इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण सुनवलबासीकाे स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ । भने लगाएका तरकारी,खाद्यन्नका साथै धाेएर सुकाएका कपडाहरुमा समेत कालो धुलो टासिदाँ यस क्षेत्रका स्थानिय हैरान परेका छन ।
उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरू गरेकाे थियाे ।

स्थानियले उद्योगले अाफुहरू सगँ गरेकाे सहमति कार्यान्वयन नगर्दा सम्म ताला नखाेल्ने दावी गरेका छन् । जिल्लामा रहेका तीन ठुला चिनी उद्योग मध्ये बाकी दुईले भने धुलाे नियन्त्रणका लागी उपकरण जडान गरेका छन् ।



Ads