ताजा अपडेटः

कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु

कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु प्रकाशित मिति: १८ पुष २०७९, सोमबार २०:५४

कैलाली।कैलालीका तीन जना नेपालीको भारतमा कोठामा निसासियर मृत्यु भएको छ। मजदुरी गर्न भारत उत्तरप्रदेशकाे मेरठमा गएका उनीहरूकाे कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।
मृतक उनीहरू डाेटिकाे बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका रहेका छन् ।
बन्द कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताएकी छन् ।
मृतकको घरमा दुई छोरी र एक छोरा छन्।



Ads