ताजा अपडेटः

लुम्बिनी चिनी उद्योगबाट निस्केकाे कालाे धुलाेले जनस्वास्थ्यमा समस्या,नगरपालिका द्वारा ध्यानाकर्षण

लुम्बिनी चिनी उद्योगबाट निस्केकाे कालाे धुलाेले जनस्वास्थ्यमा समस्या,नगरपालिका द्वारा ध्यानाकर्षण प्रकाशित मिति: १८ पुष २०७९, सोमबार १९:५१

कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनि उद्योगलबाट निस्केको कालो धुलोले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै अबिलम्ब समस्याको समाधान गर्न ध्यानाकर्षण गरीएको छ ।
उद्योगले प्रदुषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा निस्केको कालो धुलोले यस क्षेत्रका बासीन्दा प्रभावित भएका छन् । खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ ।
खरानी सहितको धुलोका कारण स्वास्थ्यमा असर गर्न थालेको र वातावरणमा पनि नकारात्मक प्रभाव परेको जनगुनासो आएकोले प्रदुषण नियन्त्रण गरी उद्योग संचालन गर्न ध्यानआर्कषण गराईएको सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले बताउनुभएको छ ।
उद्योगलाई ध्यानआर्कषण गराएपनि कार्यान्वयन नभएकाले भोली यस विषयमा उद्योग व्यवस्थापन पक्ष संग छलफल गर्ने तयारी रहेको नगरप्रमुख अर्यालले बताउनुभयो । उद्योगको धुलोका कारण हिडडुँल गर्न र धोएको कपडा सुकाउन समेत समस्या भएको स्थानियबासीको गुनासो रहेको छ ।
उद्योगले केहि दिन अगाडी बाट उखु क्रसिङ्ग सुरु गरेको थियो । जिल्लामा रहेका तिन ठुला चिनि उद्योग मध्ये बाँकि दुईले भने धुलो नियन्त्रणका लागी उपकरण जडान गरेका छन् ।



Ads