ताजा अपडेटः

फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ प्रकाशित मिति: १७ पुष २०७९, आईतवार १९:३०

कल्पना खरेल,सुनवल।इलाका प्रहरी कार्यालय बर्दघाटले आज विभिन्न अभियोगमा फरार प्रतिवादी पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी सहायक निरिक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विहान अन्दाजी ९ बजेको समयमा अदालतको आदेश भई फरार रहको बिभिन्न प्रतिबादीहरुलाई प्रकाउ गरेको हो ।

उनीहरुलाई बिशेष सूचनाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले बतानुभएको छ ।

नियन्त्रणमा लिईएका प्रतिवादीहरुमा लागु औषध मुद्धाका प्रतिवादीहरु बर्दघाट नगरपालीका वडा नम्बर ६ का २९ बर्षिय सैलेन्द्र चौधरी थारु,सोहि ठाउँका ३० बर्षिय बिजय कुमार चौधरी, २६ बर्षिय सुनिल चौधरी रहेका छन् । उनीहरुलाई अदालतले २ हजार जरिवाना तोकेको थियो ।

त्यसैगरी डाँका मुद्धामा माकर ९ का ३५ बर्षिय बिकास भनिने कमाल रोका ६ बर्ष कैद सजाय, जर्वजस्ति करणी मुद्धामा बर्दघाट १ का ३३ बर्षिय प्रदेशी भनिने होमनाथ चौधरी २ बर्ष कैद, केहि सार्वजनिक अपराध मुद्धामा बर्दघाट १२ का भानुभक्त खाडँ १ सय जरिवाना, सवारी ज्यान मुद्धामा बर्दघाट १ का २५ बर्षिय अशोक हरिजनलाई ३२ हजार जरिवाना अदालतले तोकोको थियो ।

नियन्त्रणमा लिईएको फरार प्रतिवादीलाई आवश्यक जरिवाना तथा सजाय कार्यान्व्यनको लागि अदालत नवपरासी उपस्थित गराईएको सूचना अधिकारी पाण्डेले बतानउनुभयो ।



Ads