ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर ४ रातो विजयी

कल्पना खरेल
प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर ४ रातो विजयी प्रकाशित मिति: १६ पुष २०७९, शनिबार २०:५९

प्रदिप न्यौपाने,सुनवल।प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत सुनवल ४ मक्षरमार खेलमैदानमा आज भएको खेलमा वडा नम्बर ४ रातो विजयी भएको छ ।
वडा नम्बर ९ लाई १ का विरुद्ध ४ गोलले हराउदै वडा नम्बर ४ रातो विजयी भएको हो । आजको खेलमा वडा नम्बर ४ का जर्सि नम्बर ९ का जिवन थापा म्यान अप द म्याच घोषित भएको खेलका आर्थिक संयोजक टेक वहादुर पुनले जानकारी दिनुभएको छ । यसैविच वडा नम्बर ४ को तुरियापुल पश्चिम र पूर्व ४० वर्ष उमेर समुह विच भएको मैत्रीपुर्ण फुटवल खेलमा तुरिया पुर्वले तुरिया पश्चिमलाई १ का विरुद्ध ६ गोल गर्दै विजय हासिल गरेको छ ।

विजयी समुहलाई वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनीले नगद रु ५ हजार प्रदान गर्नुभएको छ ।
भोलिको खेल वडा नम्बर ४ निलो र वडा नम्बर १२ विच प्रतिस्पर्धा हुनेछ । त्यस्तै भोली वडा नम्बर ४ का महिलाहरु विच मैत्रिपूणर् खेल हुने आर्थिक संयोजक पुनले जानकारी दिनुभयो ।

फुटवल प्रतियोगितामा सुनवल नगरपालीका भित्रका १३ वटा वडाका १३ वटा टिम र आयोजक टिमबाट २ टिम गरी १४ वटा टिमको सहभागिता रहेको छ ।




Ads