ताजा अपडेटः

नवलपरासीमा पनि मनाईयो बिबिध सांस्कृतिक कार्यक्रम गर्दै ‘तमु ल्होसार’ पर्व

नवलपरासीमा पनि मनाईयो बिबिध सांस्कृतिक कार्यक्रम गर्दै ‘तमु ल्होसार’ पर्व प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार १९:५०

अस्मिता भुसाल,बर्दघाट। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व देशैभर मनाएका छन । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ ।


त्यस्तै पश्चिम नवलपरासीका विभिन्न स्थान हरुमा समेत गुरुङ समुदाय ले आफ्नो रितिरिवाज अनुसार समुहमा भेला भई विभिन्न कार्यक्रमको आयोजना गरी पर्व मनायका छन् । जिल्लाका विभिन्न बौद्ध गुम्बाहरुमा भेला भई एकआपसमा शुभकामना आदान प्रदान गर्दै विविध कार्यक्रमका साथ पर्व मनाईएको  हो।  यसैबिच बर्दघाट १६ शित्तलबस्तिमा तमु तमुस्यो ह्युला छोज धि ईकाई समिति को आयोजना तथा बर्दघाट नगरपालिकाको प्रायोजनमा नयाबर्ष २६०६ औ तमु ल्होसार पौष १५ महान पर्वको उपलक्ष्यमा विविध सांस्कृतिक तथा लोक दोहोरी कार्यक्रम सम्पन्न भएको छ।

तमुस्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद् शित्तलबस्ती ईकाईका अध्यक्ष टिकामाया गुरुङको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले राज्यले सबै भाषा , धर्म र संस्कृतिको संरुक्षणका लागी विभिन्न योजनाहरु अघि सारेको बताउदै सबै आम नेपालीले सबैका चाडपर्व सम्मानका साथ मनाउन आग्रह गर्नुभयो । साथै उहाले आफ्ना सन्ततीलाई आफ्नो समुदायको सस्ंकृतिको अध्ययन गर्ने र आफ्नो सस्कृति,भेषभुषालाई निरन्तरता का साथै पुस्तान्तरण गर्दै जगेर्ना गर्न आग्रह गर्नुभयो । उहाँले सबै जातजातीले जातीय सद्धभाव कायम गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । सो अवसरमा तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र बहादुर गुरुङ, वार्ड नंं १६ का वार्ड अध्यक्ष भिमकाजी गुरुङ, वार्ड नंं १६ का पुर्व वार्ड अध्यक्ष शुक बहादुर गुरुङ, लगायतले मनतव्य राखनुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी,राष्ट्रिय लोकदोहोरी गायक श्याम राना, भरत क्षेत्री संगसंगै स्थानिय  कलाकार हरुको प्रस्तुती रहेको थियो।  वार्ड सदस्य नरकुमारी गुरुङको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन शिला गुरुङ र सुदा गुरुङ ले गर्नुभएको थियो ।२६ सय ६ औ ल्होसार पर्वमा वाघ वर्गको विदाई गर्दै विरालो वर्गलाई स्वागत गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।