ताजा अपडेटः

धनगढी बसपार्कबाट लागू औसत सहित २ जना पक्राउ

धनगढी बसपार्कबाट लागू औसत सहित २ जना पक्राउ प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार १६:५०

प्रदिप न्यौपाने,धनगढी।कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोक तर्फ जादै गरेको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन।
से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा फुलवारी बस्ने चालक २५ वर्षीय प्रताप ओखेडा र सोही मोटरसाइकलमा सवार २५ वर्षीय मनोज बिक ब्राउन सुगर सहित प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभएकाे छ ।
खानतलासि गर्दा चालकको खल्तीमा ब्लु बुकको कवर भित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियाे । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको डीएसपी जोशीले बताउनुभएकाे छ ।



Ads