ताजा अपडेटः

सुनवलमा  माघ १० गतेदेखि २२ गते सम्म दोस्रो सुनवल औद्योगिक मेला लाग्ने

कल्पना खरेल
सुनवलमा  माघ १० गतेदेखि २२ गते सम्म दोस्रो सुनवल औद्योगिक मेला लाग्ने प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार २२:०९

प्रदिप न्यौपाने,सुनवल। पश्चिम नवलपरासीको सुनवलमा यहि माघ १० गतेदेखि २२ गते सम्म कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्रिय निर्माणको बलियो आधार” भन्ने मुल नाराका साथ दोस्रो सुनवल औद्योगिक व्यापार मेला २०७९ सुरु हुने भएको छ ।

सुनवल नगरपालीकालाई कृषि, पर्यटन र औधोगिक नागरीकको रुपमा परिचीत गराउदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, सास्ंकृतिक, पर्यटकिय र जौविक विविधताको संरक्षण  तथा प्रचार-प्रसार गरी समग्र आर्थिक तथा सामाजिक क्षेत्रको विकास गराउने उदेश्यको साथ मेलाको आयोजना गरीएको उद्योग वाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभएको छ ।

उहाँले यस मेलाले नयाँ उत्पादनको पहिचान एवम् उपभोक्ता वर्गलाई मुलुक भित्रै किनमेल गर्ने बानीको विकास गराउन मद्धत पुग्ने बताउनुभयो ।
नगरभित्रका सम्पुर्ण  उद्योगि,व्यवसायी, स्थानिय निकाय, संघसस्ंथा, कार्यालयहरुको प्रत्यक्ष सहयोग र सहकार्यमा आयोजना हुन लागेको यस व्यापार मेलाले यहाँको औद्योगिक, कृर्षि, व्यापार तथा पर्यटकीय क्षेत्रमा महत्त्वपूर्ण  प्रभावपार्ने आशा लिईएको छ ।

सो मेलालाई भव्य र सभ्यताका साथ सफल बनाउन भोली विहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरीएको उद्योग वाणिज्य संघ सुनवलका महा-सचिव तेजप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

मेला उद्योग वाणिज्य संघ सुनवलको आयोजना तथा सुनवल नगरपालीकाको संरक्षण, नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश जिल्ला समन्वय समिति नवलपरासी तथा अन्य सहयोगि संघसस्थांहरुको सहयोगमा आयोजना गरीएको हो ।




Ads