ताजा अपडेटः

बिरेन्द्र आधारभूत विद्यालय सुनवल ४ बेलारीको ३७ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कल्पना खरेल
बिरेन्द्र आधारभूत विद्यालय सुनवल ४ बेलारीको ३७ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार २२:०५

सागर पौडेल,सुनवल।बिरेन्द्र आधारभूत विद्यालय सुनवल ४ बेलारी न. प. को ३७ औ वार्षिकोत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ।

अभिभावक भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त श्रेष्ठकाे सभापतित्व ,सुनवल नगरपालिकाकाे नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता र वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीको विशेष आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भविश्वर पान्डे ले विद्यालयको बार्षिक निति,लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
साे अभिभावक भेलामा विद्यालयका सफल विद्यार्थीलाई पुरस्कृत गरीएकाे थियाे भने विद्यार्थीहरूले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,    विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगरपालिका अध्यक्ष सुर्य प्रसाद न्याैपाने, सुनवल नगरपालिका शिक्षक महासंघका अध्यक्ष बिनोद खनाल, सुनवलका प्रहरी नायब निरीक्षक बासुदेव ओली लगायतको उपस्थिति रहेकाे कार्यक्रमकाे स्वागत मन्तब्य विद्यालयका सहायक प्र. अ. ऋषि पोख्रेल र कार्यक्रम संचालन शिक्षक योगेश बस्यालले गर्नुभएको थियो।




Ads