ताजा अपडेटः

सरावल गाउँपालिको सामुदायिक वनबाट १ सय ३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी नियन्त्रणमा

सरावल गाउँपालिको सामुदायिक वनबाट १ सय ३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी नियन्त्रणमा प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार १७:२०

कल्पना खरेल,सुनवल।आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका मा रहेको एक सामुदायिक वनाबाट १ सय ३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी नियन्त्रणमा लिईएको छ ।

विहान करिव ४ बजेको समयमा प्रहरी चौकी बासाबाट प्रहरी नायव निरिक्षक यादव न्यौपानेको कमाण्डमा खटिएको संयूक्त टोलीले सरावल गाउँपालिका वडा नम्बर १ स्थित हरियाली सामुदायिक वनबाट सो अवैध काठ सहित पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

सोही वन उपभोक्ता समितिका सदस्य सहित प्रहरीले गस्ति गर्दै जाने क्रममा सो वनको मध्य भागमा सिसौ जातका रुखहरु अवैध रुपमा कटान गरी १९ गोलिया १ सय ३७.५१ क्यूफिट बराबरो काठ, लु १ च ७२८२ नम्बरको पिकअप गाडीमा लोड गरेको अवस्थामा सुनवल नगरपालिका वडा नम्बर ११ का शेषकान्त ढकाललाई फेला पारी रितपुर्वक बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

बरामत गरीएको अवैध काठ सहित पिकअप गाडीलाई आवश्यक अनुसन्धान र कार्वाहीको लागि आजै सव डिभिजन वन कार्यालय बर्दघाटमा बुझाईएको सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।



Ads