ताजा अपडेटः

नवलपरासीको सरावल बाट रु १५ लाख ४५ हजार बराबरको काचो केरा सहित दुईओटा पिकअप नियन्त्रणमा

कल्पना खरेल
नवलपरासीको सरावल बाट रु १५ लाख ४५ हजार बराबरको काचो केरा सहित दुईओटा पिकअप नियन्त्रणमा प्रकाशित मिति: १३ पुष २०७९, बुधबार २०:२९

कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाबाट रु १५ लाख ४५ हजार बराबरको काचो केरा सहित दुईओटा पिकअप गाडी नियन्त्रणमा लिईएको छ ।

प्रहरी चौकी गोबरहियाबाट प्रहरी नायक निरिक्षक गोकणर् चौहानको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा छाडी भागेको अवस्थामा काचो केरा सहित सो पिकअप गाडी नियन्त्रणमा लिईएको हो ।
अबैधरुपमा काचो केरा पैठारी गरी ल्याएको अवस्थामा लु १ च ९५७२ नम्बरको पिकअप गाडिबाट प्रति १ थान रु.७ लाख ५० हजार मुल्य पर्ने २ थान रु. १५ लाख बराबरको काचो केरा र लु २ च २३१७ नम्बरको पिकअप गाडीबाट प्रति के.जी रु. १५ रुपैयाको दरको ३० क्वीटल रु. ४५ हजार बराबरको काचो केरा रितपुर्वक बरामत गरी आवश्यक कार्वाहीको लागि आज भन्सार कार्यालय महेशपुर पठाईएको सुचना अधिकारी भोजराज पाण्डेले बताउनु भएको छ ।




Ads