ताजा अपडेटः

७ दिने किचन शुज बनाउने तालिम सम्पन्न

७ दिने किचन शुज बनाउने तालिम सम्पन्न प्रकाशित मिति: १३ पुष २०७९, बुधबार ०४:०८

कल्पना खरेल,सुनवल।सुनवल सामुदायिक सिकाइ केन्द्र द्वारा संचालित ७ दिने किचन शुज बनाउने तालिम आज सम्पन्न भएको छ! सुनवल सामुदायिक सिकाइ केन्द्रका कार्यबाहक अध्यक्ष सन्जय कुमार श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिकाका नगर उप प्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा तालीम सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख दुवेले ७ दिन सम्म सिकेको सीपलाइ ब्यबहारमा उतार्नु पर्नेमा जोड दिदै यस तालिममा सहभागी मध्ये कम्तिमा ३ जनाले ब्यवसायीक रुपमै काम गर्नूपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले महिलाहरुले उत्पादन गरेको समानलाई बजार सम्म पुर्याउने जिम्मेवारी नगरपालिकाले लिने भन्दै एकठाउँमा संकलन केन्द्र बनाउने योजना अनुरुप नगरपालीकाको बजेट बिनयोजित भएको पनि बताउनु भयो ! कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, वडा नम्बर ६ का अध्यक्ष हिम लाल चापागाईं, वडा नम्बर ३ का वडा अध्यक्ष पबिन गुरुङ्ग, सिकाइ केन्द्र सस्ंथापक उपाध्यक्ष राम बिलास चौधरी लगाएतको मन्तव्य रहेको थियो ।
३५ जना महिलाहरुको सहभागीता रहेको तालिममा सबै सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनुभएको छ । सरस्वती पौडेलले प्रशिक्षण गर्नु भएको कार्यक्रमको स्वागत सिकाइ केन्द्रका आजिबन सदस्य उमाकान्त उपाध्यायले गर्नुभएको थियो भने संचालन समितीका सचिब लिला देवि पङ्गेनीले गर्नु भएको थियो!



Ads