ताजा अपडेटः

बर्दघाटकाे छैठौँ औधोगिक व्यापार मेला २०७९ सम्पन्न

बर्दघाटकाे छैठौँ औधोगिक व्यापार मेला २०७९ सम्पन्न प्रकाशित मिति: ११ पुष २०७९, सोमबार २०:०३

अस्मिता भुसाल, बर्दघाट । बर्दघाट उघोग वाणिज्य संघ नवलपरासिको आयोजनामा छैठौँ कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ को समापन कार्यक्रम सम्पन्न भएको छ ।

बर्दघाट उघोग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता तथा बर्दघाट नगरपालिका का नगरप्रमुख शम्भुलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिका लाई समृद्धि बनाउन नगरले उद्योग ग्राम सन्चालनमा ल्याउने प्रयास गरि रहेको बताउदै सो कार्यमा संघ को सहयोग रहने मा आशाबादी रहेको बताउनु भयो।

सोही अवसरमा बोल्दै  नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन विकासको लागि पहल गर्दै आएको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले नगरभित्र ५० शैयाको ट्रमा सेन्टरको स्थापनाको तयारी भइरहेको जानकारी पनि दिनुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय ,प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटा,पारिजात सामुदायिक बन का अध्यक्ष चुडामणिा भन्डारी लगायत ले मन्तब्य राख्नु भयेको थियो।संघ का सस्थापक अध्यक्ष मीन राज शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संघका सचिव निर्मल पाण्डेले गर्नुभएको थियो ।

नवलपरासि जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्यका साथ यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन राष्टिय तथा अन्तराष्टिय वजार सम्म औधोगिक लधु उधम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा स्वासथ्य र कृषि क्षत्रको प्रवद्र्धन एवं सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ मेला सञ्चालन गरिएको मेला आयोजक सस्था का अध्यक्ष लेख नाथ न्यौपाने  बताउनु भयो ।

करिब दुई सय स्टल रहेको उक्त मेलामा करिब १ लाख  ५० हजार दर्शकले अवलोकन गर्ने र ३ करोड को कारोबार हुने अपेक्षा गरिएको थियो।

मेलामा स्टल राख्न बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई ७० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको थियो। विद्यार्थीलाई टिकटमा सहुलियत दिईयको र कृषि र महिला उद्यमी लाई स्टल निःशुल्क प्रदान गरियको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव दिनेश न्यौपाने  बताउनु भयो ।अन्तिम दिनको मेलामा गायककार प्रिती आले, राम प्रसाद पौडेल, शर्मिला अर्याल लगायत एलिसा डान्स ग्रुपका प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ ।

बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा सँचालित सो मेलामा भलिबल प्रतियोगिता मा प्रथम दोस्रो र तेस्रो हुने टिमलाइ क्रमश नगद ५५ हजार,३० हजार,र १५ हजार ट्रफी सिल्ड र प्रमाणपत्र  समेत प्रदान गरिएको  थियो । मेला सञ्चालनका लागी अनुमानित ६० लाख खर्च हुने अनुमान गरिएको थियो। यही पौष १ गते  देखि ११ गते सोमबार सम्म बर्दघाटको हरियाली नगरमा मेला सञ्चालनमा रहेको थियो।



Ads