कल्पना खरेल,सुनवल।पश्चिम् नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक बनले आफ्नो बन क्षेत्रको तिलकानामा झाडी सफाई कार्यक्रम सुरु गरेको छ । बनले २ सय उपभोक्ता को उपस्थितिमा पारिश्रमिक सहित झाडी सफाई कार्यक्रमको सुरु गरेको जनउदय सामुदायिक बनका अध्यक्ष बल बहादुर थापाले जानकारी दिनुभयो ।
झाडी सफाई कार्यक्रमको उद्घाटन गर्दै सुनवल नगरपालिका वडा नम्बर ६ का वडाध्य्क्ष तथा बन बाताबरण तथा बिपत ब्यवस्थापन समिति संयोजक हिमलाल चापागाईंले सुनवल नगरपालिका भित्रका २२ सामुदायिक बनका उपभोक्ताहरुलाई ब्यवस्थित ढंगले कृयाशिल गराई हक अधिकार स्थापित गराउने गरि सुनवल नगरपालिका अगाडी बढेको बताउनु भयो ।
जनउदय सामुदायिक बनले उपभोक्तालाई आशिंक्क रोजगारी दिनु र बन सरसफाइ गरि ब्यवस्थापन गर्नु महत्त्वपूर्ण भएको बताउनु भयो ।
झाडी सफाई कार्यक्रमको उदघाट्मा जनउदय सामुदायिक बन उपभोक्ता समितिका सदस्य पदम बहादुर क्षेत्रीको स्वागत र सचिब माया पुनको संचालन सम्पन्न भएको थियो ।