नेपाल पत्रकार महासंघको साधारणसभा अाज एक घाेषणापत्र जारि गर्दै वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारबाट सुरु भएको साधारणसभा अाज सकिएको हो।
साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले जानकारी दिनुभएकाे छ । साधारणसभाले जारी गरेको घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ।
घाेषणापत्रमा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गरीएकाे छ । साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गरीगकाे छ ।
त्यसैगरी घाेषणापत्रमा इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । भने सम्वद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि माग गरेको छ।
साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ,’ घोषणामा भनिएको छ।
श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि माग गरिएको छ।