प्रदिप न्यौपाने,बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा आज आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको कुमुदिनी इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलमा सो सचेनता मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत १५० जना विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आत्महत्या रोकथाममा नागरिकको भुमिका सम्बन्धमा अन्तरक्रिया गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले आत्महत्या न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पाण्डेले आगामी दिनमा यस किसिमका कार्यक्रमहरु अन्य स्थानमा समेत संचालन गर्ने लक्ष्य राखिएको समेत जानकारी गराउनुभयो ।