ताजा अपडेटः

सुनवल नगरपालिका वडा नम्बर १ मा भु-उपयोग वर्गीकरण सम्बन्धी वडा समितिको बैठक सम्पन्न

सुनवल नगरपालिका वडा नम्बर १ मा भु-उपयोग वर्गीकरण सम्बन्धी वडा समितिको बैठक सम्पन्न प्रकाशित मिति: ७ पुष २०७९, बिहीबार २०:१२

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ को वडा कार्यलयमा भु-उपयोग वर्गीकरण सम्बन्धी वडा समितिको बैठक सम्पन्न भएको छ ! बैठकले नेपाल सरकार भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सुचना अनुसार भु-उपयोग नियमावली २०७९ र भु- उपयोग ऐन २०७६ को दफा ३२ ले दिएको अधिकार अनुसार जग्गा वर्गीकरणको निम्ति वडा भित्र रहेका सबै टोल टोलमा पुगि विवरण संकलन गर्ने निणर्य पारित गरेको छ ।

प्रगतिटोल र डाडा टोलमा यही पुस ८ र ९ गते बिहान ठिक ११ बजे देखि ४ बजे सम्म, बनाहा र गुल्मेलि टोलमा यहि पौष १० गते, अतिथि चोक, सुनवल पुरानो गाउँ र आवास स्मृति टोलमा यहि पौष ११ गते वडा कार्यलय परिसरमा, सुनवल चोक र शान्ति टोलमा यहि पौष १२ गते नेपाली काङ्ग्रेसको पार्टी कायलयमा, काबुकनगर संगमटोलमा पौष १३ गते काबुकनगर पार्कमा, रुपौलिया टोलमा यहि पौष १४ गते रुपौलिया आमा समुहको भवनमा, पायनर टोल,बनघुसडि, सिमलटोलमा पौष १५ गते आमा समुहको भवनमा, सोमनाथ टोलमा पौष १६ र १७ गते स्थान प्रगति बाल उधानमा र छुट पुट टोलमा पौष १८ गते सबैको विवरण संकलन गर्ने बताईएको छ ।

जग्गा वर्गीकरणको निम्ति टोलमा आउदा सबैले आ आफ्नो जग्गा धनि लाल पुर्जा लिएर आउनु पर्ने निणर्य पारित भएको वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।



Ads