ताजा अपडेटः

सुनवलमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितको विषयमा पत्रकार सम्मेलन

सुनवलमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितको विषयमा पत्रकार सम्मेलन प्रकाशित मिति: ७ पुष २०७९, बिहीबार २०:०७

सागर पौडेल,सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ मच्छेरमारा खेलमैदानमा आज प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितको विषयमा पत्रकार सम्मेलनको आयोजना गरीएको छ । पत्रकार सम्मेलनमा पुष ९ गतेदेखि २३ गते सम्म हुन गईरहेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगिताको विषयमा जानकारी गराईएको थियो ।

तमुल्होछारको उपलक्ष्यमा सुनवल नगरपालीका वडा नम्बर ४ को आयोजनामा हुनगईरहेको यूवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोक्ता समिति अन्तर्गत सो प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको हो ।
सो प्रतियोगितामा सुनवल नगरपालीका भित्रका १३ वटा वडाका १३ टिम र आयोजक टिमबाट थप एक टिम गरी १४ वटा टिमको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनीले यूवालाई खेलप्रति रुचि बढाउन र खेलाडिको क्षमतालाई प्रष्फुटन गराउने उदेश्यले सो खेल प्रतियोगिताको आयोजना गरीएको बताउनुभयो । उहाँले प्रतियोगिताका लागी वडाबाट ३ लाख छुट्याइएको र बाकि रकम आर्थिक सहयोग लिईएको समेत बताउनुभएको थियो ।

यसैगरी पत्रकार सम्मेलनमा बोल्दै नवलपरासी जिल्ला फुटवल संघ एन्फाका रेफ्रि विष्णु आलेले खेलमा प्रथम हुने टिमलाई ५१ हजार र ट्रफि र दोस्रो हुने टिमलाई ३१ हजार र ट्रफि पुरस्कार दिईने जानकारी गराउनुभएको थियो ।

त्यसैगरी आलेले खेल अवधिभर उत्कृष्ट खेलाडिलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट गोलकिप्परलाई १० हजार दिईने समेत जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा वडा समितिका सदस्यहरु, आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर कण्डेल लगाएत सदस्यहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।



Ads