ताजा अपडेटः

सुनवल १ सोमनाथमा रहेको डि एण्ड बि सप्लायर्सका व्यवसायिक सटरहरुमा आगालागी

सुनवल १ सोमनाथमा रहेको डि एण्ड बि सप्लायर्सका व्यवसायिक सटरहरुमा आगालागी प्रकाशित मिति: ७ पुष २०७९, बिहीबार ०६:३८

कल्पना खरेल,सुनवल। पश्चिम् नवलपरासीको सुनवल १ साेमनाथमा रहेकाे डि एण्ड बि सप्लायर्सका व्यवसायीक सटरहरूमा आगलागी भएकाे छ । गएराती करिब १ बजेकाे समयमा सुनवल नगरपालिका वडा नम्बर १ साेमनाथमा रहेकाे डि एण्ड बि सप्लायर्सका व्यवसायीक ७ वटा सटरहरूमा आगलागी भएकाे हाे ।

आगलागीकाे खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालयका प्रमुख बिष्णु प्रसाद पाैडेलकाे कमाण्डमा खटिएकाे १७ जनाकाे टाेली र परासीबाट स.प्र.स.नि. सुरेन्द्र परियारकाे कमाण्डमा खटिएकाे १० जनाकाे टाेली घटनास्थल पुगेकाे थियाे ।

खटिएकाे साे प्रहरी टाेली,स्थानियबासी र दमकलकाे सहयाेगमा साढे २ घण्टापछि एकिन समय ३:३० मा उक्त आगाे नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय सुनवलले जनाएकाे छ ।

आगलागीबाट डि एण्ड बि सप्लायर्सका ७ वटा सटरहरूमा संचालनमा रहेका मुन्ना टायर पसल,थिरती हाेटल, हिमचुली माेटर पार्टस, गराै कलिक माेटर पार्टस, रामजि वर्कसप, सगिर ब्याट्री पसल एबमा माेटर पार्टस र सुरज पेन्ट पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागीबाट मानवीय तथा चाैपाया भने क्षति नभएकाे इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ ।
आगलागी विद्युतकाे तार सर्ट भई भएकाे प्रारम्भिक अनुमान गरिएको छ । आगलागी बाट करोडौं क्षतिकाे अनुमान गरीएपनि यकिन विवरण भने आउन बाकि छ ।



Ads