ताजा अपडेटः

सुनवलमा किचन शुज बनाउने तालिम आजदेखि शुरु

सुनवलमा किचन शुज बनाउने तालिम आजदेखि शुरु प्रकाशित मिति: ६ पुष २०७९, बुधबार १६:२४

कल्पना खरेल,सुनवल। पश्चिम नवलपरासीको सुनवल वडा नम्बर १ सोमनाथमा किचन शुज बनाउने तालिम आजदेखि शुरु भएको छ । सुनवल सामुदायिक सिकाइ केन्द्रको संचालनमा आयोजित उक्त किचन शुज बनाउने तालीम सो केन्द्रका उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष सन्जय श्रेष्ठको अध्यक्षता र वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले महिलाहरुको निम्ति विभिन्न शिर्षकमा तालिम प्रदान गरिए पनि खासै उपलब्धिमुलक हुन नसकेको बताउनुभएको छ । साथै उहाँले यस किचन शुज बनाउने तालिमबकाट सिकेको सीपलाई व्यबहारमा उतार्नु पर्नेमा समेत जोड दिनु भएको थियो ।

संचालक समितिका सचीव लिला पौडेल शर्माको स्वागत मन्तव्य र कार्यालय सदस्य सचिव लिला अर्यालको संचालन रहेको कार्यक्रमका कार्यपालिका सदस्य सीता भन्डारी, वडा सदस्य कृष्ण बहादुर छेत्री, सदस्य बाल कुमारी दजीर्, सुनवल नगरपालिका महिला तथा बालबालिका बिकास शाखा प्रमुख केशरी गैरे, सफल महिला सहकारी संस्थाका अध्यक्ष पार्बती पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।


३५ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेकोे ७ दिन सम्म संचलन हुने तालिमको प्रशिक्षक शर्मिला पौडेल रहनुभएको छ ।



Ads