ताजा अपडेटः

वर्षमान पुनकाे स्वास्थ्यमा सुधार,आज स्वदेश फर्कँदै

वर्षमान पुनकाे स्वास्थ्यमा सुधार,आज स्वदेश फर्कँदै प्रकाशित मिति: ५ पुष २०७९, मंगलवार १०:५६

काठमाण्डाै । उपचारका लागि चीन पुग्नुभएकाे नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्कन लाग्नु भएकाे उहाँकि धर्मपत्नी तथा माअाेवादी स्थायी समिति सदस्य अाेनसरी घर्तिले बताउनु भएकाे हाे ।

पुन चाइना साउथर्न एअरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसाे १ बजे सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु हुनेछ । वंशाणुगत जण्डिसबाट पीडित पुनमा धपेडीका कारण रोग बल्झिएपछि गएकाे मंसिर १६ गते फलोअप उपचारका लागि चीन जानु भएकाे थियाे । उहाँकाे चीनकाे सेनजेनमा रहेकाे थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हाे ।

पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

यसअघि गएकाे वर्ष पनि यस्तै रोगले च्यापेपछि उहाँको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।