रंजीत शर्मा,परासी। शान्ति सुरक्षाको माग गर्दै पश्चिम नवलपरासीको एक मात्र सरकारी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालका चिकित्सक र प्राविधिकहरूको टोली प्रमूख जिल्ला अधिकारी कार्यालयमा पुगेका छन्।
करीब तीन महिना अघि रामग्राम नगरपालिका वडा न. २ की रजवन्ति हरिजनकाे असाेज २४ गते सुत्केरी गराउन अपरेसन गर्दा बच्चाको मृत्यु भएको भन्दै गत पुस एक गते आफन्त लगाएतले अस्पताल प्रशासन घेराउ गरेका थिए ।
डाक्टरका अनुसार सुतकेरी महिलाको नवजात शिशु आमाको पेट मै मरेको भन्दै हामीलाई अपमान गरेको र ज्यु जानको समेत खतरा भएकोले प्रमूख जिल्ला अधिकारी काहाँ शान्ति सुरक्षाको व्यवस्था निर्माण गरिदिन हुन आएको बताएका छन्।
अर्को तिर ओ.पि. डी. सहितका सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि उपचार गर्न आएका विरामी बिना उपचार फर्किएका छन्। टाढाबाट उपचार गर्न अस्पताल आएका गरीब परिवारका बिरामीलाई ‘भगवानको अर्कों रूप’ भनिने चिकित्सकहरूले नै उपचार नगरेपछि अस्पतालमा उनीहरूको बेहाल अवस्था भएको थियो।
पश्चिम् नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर २ का गर्भवती महिलाकाे अपरेसन गर्दा नवजात शिशुको मृत्यु भएकाे र महिलाको अवस्था गम्भीर भएपछि पिडित परिवारले लामो समयदेखि न्याय माग्दै आन्दोलन गर्दै आएका थिए। पिडित परिवार र स्थानीयको आन्दोलनपछि अस्पतालका मे.सु. डा. नुरूल हाेदा र अस्पतालका ब्यवस्थापक समितीका अध्यक्षले पिडित परिवारलाई उपचार खर्च दिने विषयमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सहमती भएकाे थियो।
उक्त सहमति भए पनि आफूले गल्ती नगरेको जिकिर गर्दै हामीले किन उपचार खर्च दिने भन्दै दाबी गर्दै अस्पतालका चिकित्सक र प्राविधिकहरूले काम गर्न असुरक्षित रहेको र आफुहरूलाई ‘अभद्र व्यवहार’ गर्नेलाई कारवाहीको माग गर्दै अस्पतालको सेवा अबरुद्द गरी सिडियो कार्यालयमा ध्यानाकर्षण गराउन आएका थिए ।
अस्पतालका चिकित्सक र प्राविधिकहरूले जिल्ला प्रशाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गरेका छन्।
पिडीत महिलाका परिवार सहित स्थानियहरूले विराेध प्रदर्शन गरेपछि डाक्टरहरूलाई सुरक्षाको महसुस न भएको,मानसिक रूपमा हामीलाई असर परेकोले काम गर्ने वातावरणको सिर्जना गरिदिन तथा अभद्र व्यवहार गर्नेलाई कानुनीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन्।
प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेलले चिकिस्तकको माग सम्बोधन गर्दै शान्तिको वातावरण बाउन तथा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हामीलाई काम गर्ने वातावरणको निर्माण भए भोलि देखि अस्पतालको ओपिडी सेवा लगाएत सम्पुर्ण सेवा सुरु गरिने अस्पतालका सुचना अधिकारी छम बहादुर अधिकारी( सुरेन्द्र)ले बताए ।