ताजा अपडेटः

सहकारीले न्यून आय भएकाको जीवनस्तर उकासेको छ : उपप्रमुख पूर्णकला चौधरी

सहकारीले न्यून आय भएकाको जीवनस्तर उकासेको छ : उपप्रमुख पूर्णकला चौधरी प्रकाशित मिति: २८ मंसिर २०७९, बुधबार २१:००

प्रिय धन,नवलपुर।सहकारीले न्यून आय भएकाको जीवनस्तर उकासेको मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनु भएको छ । बुधबार चोरमारा विकास समितिको सभाहलमा तम्सरिया साना किसान कृषि सहकारी संस्था लिमिटेडको १० औ साधारण सभामा बोल्दै नगर उपप्रमुख चौधरीले आमदानी नै नभएका हरुलाई सामान्य तवरले जीवन यापन ग़राउनु महत्वपूर्ण रहेको बताउनुभयो । उहाले मध्यविन्दु नगरपालिका भित्र रहेका सम्पूर्ण सहकारीलाई न्यून आय भएकाहरुको आर्थिक विकासमा थप सहयोग गर्न आग्रह गर्दै नगरपालिका सदैव हातेमालो गर्न तैयार रहेको प्रष्ट पार्नुभयो ।

आधुनिक कृषिको माध्यमबाट कृषकको जीवनस्तर सुधारका लागि नगरपालिकाले बिभिन्न योजना ल्याएको भन्दै सोको बारेमा नगरपालिकाको कृषि विकास शाखामै गएर बुझ्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममै बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बुटवलका प्रमुख गणेश प्राअद भट्टराईले पछिल्लो समय मानिसहरु कृषि सहकारीकै कारण कृषि पेशामा आवद्द हुँदै गएको बताउनु भयो । यस्तै मध्यविन्दु ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्लले अबका कृषकले गर्वका साथ म किसान हुँ भन्ने समय अझै आई नसकेको बताउनु भयो । सम्बन्धित कृषकले आफ्ना उत्पादित कृषि उपजको बजारीकरणको समस्याले यो परिस्थिति आएको बताउनुभयो ।

यस्तै मध्यविन्दु नगरपालिकाका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्माले अब सहकारीले निश्चित मापदण्ड मात्र नबनाई अब आवश्यकताका आधारमा कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा अकलादेवी महिला वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भूमादेवी गैरे , उजायलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष केशव प्रसाद गौतम , मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली , मध्यविन्दु ६ का वडा अध्यक्ष लाभ प्रसाद पाठक लक्ष्मण , महिला शिल्पकला केन्द्रका अध्यक्ष गौरी खनाल , प्रसौनी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलु थापा , सहकारी सस्थाका लगायतकाको उपस्थिति रहेको थियो ।

यस अघि नै कार्यक्रमको खुला सत्रमा तम्सरिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नन्द कुमारी महतोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै गत वर्षको आर्थिक प्रतिवेदनसँगै चालु आर्थिक वर्षको अनुमानित आय व्यय समेत संस्थाका कर्मचारी कविता अर्यालले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष कालिका भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सदस्य टिका काफलेले गर्नुभएको थियो ।



Ads