ताजा अपडेटः

बर्दघाटमा अबैध रुपमा ढङ्गा चोरी गरेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा

बर्दघाटमा अबैध रुपमा ढङ्गा चोरी गरेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १७:४८

कल्पना खरेल,सुनवल । इलाका प्रहरी कार्यालय वर्दघाटले आज अबैध रुपमा ढङ्गा चोरी गरेको अवस्थामा २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आज विहान ईलाका प्रहरी कार्याल बर्दघाटको प्रहरी टोलीले बर्दघाट नगरपालीका वडा नम्बर ५ मा रहेको खजुरा खोलामा ढुङ्गा चोरी गरीरहेको लु ३ त ३३६४ र लु ३ च ९६०६ नम्बरको दुइवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको ट्याक्टरलाई आवश्यक कारवाहिको लागी बर्दघाट नगरपालिकाको कार्यालय बर्दघाट पठाईएको जिल्ला प्रहरी कार्यलय पश्चिम् नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पान्डेयले जानकारी दिनु भयो ।



Ads