ताजा अपडेटः

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ ले कृषक परिचयपत्र वितरण गर्ने

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ ले कृषक परिचयपत्र वितरण गर्ने प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १६:१७

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले कृषक परिचयपत्र वितरण गर्ने जनाएको छ ।

राज्यबाट प्राप्त हुने सेवासुविधा सहज र व्यवस्थित तरिकाले किसानलाई प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले कृषक परिचयपत्र वितरण गर्न लागिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष भोला यादवले बताउनु भएको छ ।

वडाभित्रका कृषकहरुको लागि मल, बिउ तथा अन्य अनुदान उपलब्ध गराउनका लागि कृषक परिचयपत्र (कृषक कार्ड) बनाउनका लागि सूचनामार्फत आग्रह गरिएको वडाअध्यक्ष यादवको भनाइ छ । वडाअध्यक्ष यादवले कृषक परिचयपत्र वितरण गर्दा वास्तविक किसानको पहिचान हुने र कृषिसम्बन्धि कार्यक्रम सञ्चालन गर्न पनि सहज हुने बताउनु भयो ।

कृषक परिचयपत्र बनाउनका लागि नागरिकताको प्रतिलिपी १ थान, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी १ थान, एकीकृत सम्पत्ति तथा भूमिकर बुझाएको रसिदको प्रतिलिपी १ थान र कृषकको फोटो २ थान आवश्यक रहेको वडाअध्यक्ष यादवले बताउनु भएको



Ads