परासी। पश्चिम नवलपरासीको परासी आसपास रहेका उद्योगधन्दाले प्रदुषण फैलाउदै गएको भन्दै जनता समाजवादी पार्टि (जसपा) ले पार्टिको ध्यानआर्कषण भएको जनाएको छ । जिल्ला अध्यक्ष धरेन्द्र यादवले एक विज्ञप्ती जारी गरी रामग्राम नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी पेपर मिल र रामग्राम १७ मा रहेको अरुणा डिस्टिलरीबाट निस्किएको फोहरले वातावरणमा प्रतिकुल असर पारेको जनाईएको हो ।
स्थानियलाई दैनिक जिवनयापन गर्न असहज भएको र हावामा समेत प्रदुषण बढ्दै जादा पनि सम्बन्धीत निकाय मौन बस्नु गम्भिर विषय भएको जसपाले जनाएको छ ।
रामग्राम १० नदवा स्थित लुम्बिनीपेपर मिलबाट निस्किएको फोहर पानीले सो क्षेत्रका अन्नबालीको उब्जनीमा कमी, बोटविरुवा, पशुपंक्षी मर्ने, धाराको पानी समेत दुर्गन्धीत आउने, खोलाको पानी सिंचाईका लागि समेत विषाक्त, माछा पालनमा समस्या, नन्दन तालमा फोहर हुनु, हावामा समेत प्रदुषित भएको जसपाले जनाएको छ ।
यस्तै रामग्राम १७ स्थित अरुणा डिस्टिलरीबाट निस्किएको प्रदुषणले सो क्षेत्रमा बसोबास गर्नेलाई समस्या पारेको प्रति पनि ध्यानाकार्षण गराईएको छ ।
डिस्टिलरीबाट निस्किएको फोहोरले भलुही खोला, पाल्हिनन्दनको हरपुर देखी महेशपुर सम्मको पानी दुर्गन्धीत भएको जनाईएको छ । दिउसोमा फोहोर पानी पोखरीमा जम्मा गर्ने र रातको समयमा खोलामा बगाउदा जलचर प्राणी मर्नुका साथै पानी सिचाँईको लागी प्रयोग गर्न समेत नसकिने अवस्था आएको भन्दै सम्बन्धीत निकायको ध्यानआर्कषण गराईएको अध्यक्ष यादवले बताउनुभयो ।
समयमै समस्याको समाधान नभए भविष्यमा मानव स्वास्थ्थ, बालीनाली, पशु पंक्षि सबैमा जटिलता उत्पन्न हुन सक्ने भन्दै जसपाले ध्यानआर्कषण गराएको हो ।