ताजा अपडेटः

सुनवल बहुउद्देश्यीय सहकारी सस्था लमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुनवल बहुउद्देश्यीय सहकारी सस्था लमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: २५ मंसिर २०७९, आईतवार २०:०२

सुनवल । अपाङ्ग समुहलाई लक्षित गरी बनेको सुनवल बहुउद्देश्यीय सहकारी सस्ंथा लमिटेड सुनवल १ र ४ को प्रथम वार्षिक साधारण सभा आज सुनवलमा सम्पन्न भएको छ ।
लेप्रोसिक मिसन नेपाल इम्पेक्ट परियोजना द्वारा संचालित सो संस्था साधारण सभा सस्थांका अध्यक्ष तेजराज उपाध्ययको अध्यक्षता, सुनवल नगर प्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यता एबम वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको विशिष्ट आतित्थ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थांको प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष तेजराज उपाध्ययले प्रस्तुत गर्नु भएको थियो भने सस्थाको आम्दानी र खर्चको प्रतिबेदन सस्थाको कोषाध्यक्ष स्मृति थापाले प्रस्तुत गर्नु भएको थियो ।
सस्थाको कुल बचत ८ लाख १५ हजार २ सय रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विमला अर्यालले फरक क्षेमता भएकाहरुको आत्मनिर्भर हुनुको उदेश्यले बनाइएको यो सहकारीको मार्फत अपाङ्ग भएकाहरुको उत्थानको निम्ति कोसे ढुङ्गा हुने धारणा राख्नुभयो ।
साथै नगर प्रमुख अर्यालले आगामी दिनमा सस्थाले आय र उत्पादन मुलक काम गर्नुपर्नेमा जोड दिनुआवश्यक रहेको बताउनुभएको थियो । उक्त प्रथम साधरण सभा कार्यक्रममा विगत लामो समय देखि लेप्रोसिक मिसन नेपाल इम्पेक्ट परियोजना जिल्ला संयोजकको रूपमा कार्य गर्दै आउनु भएको भगवती रावत अधिकारीलाई कदर पत्र र मायाको चिनो प्रदान गर्दै विदाइ गरएिको वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनुभयो ।
स्वागत मन्तव्य सचीव धिरज श्रेष्ठको रहेको कार्यक्रमको संचालन स्वास्थ्य सोयमम सेविका मेनुका तिमल्सिनाले गर्नु भएको थियो ।