सुनवल।पश्चिम नवलपरासीको सुनवलमा “आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नवपरासीको आयोजनामा सो सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागिहरुलाई प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले आत्महत्या न्यूनीकरण सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा आत्महत्या मानिसले किन गर्छ ? यसको नियन्त्रण तथा न्यूनीकरणको लागी के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ ? जस्ता विषयहरुमा केन्द्रित रहि प्रशिक्षण प्रदान गरिएकोथियो ।
सोहि क्रममा पाण्डेले आगामी दिनमा यस किसिमका कार्यक्रम अन्य विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु तथा स्थानीय पालिकाहरुमा स्थानीय मानिसहरुलाई सहभागी गराई प्रशिक्षण दिइने लक्ष्य राखिएको बताउनुभएको थियो ।
कार्यक्रममा महाकवि देवकोटा प्राविधिक शिक्षालयमा कक्षा ११ मा अध्ययनरत १ सय ८० जना विद्यार्थीहरु सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल, प्रधानाध्यपक खेमराज शर्मा लगाएतको सहभागिता रहेको थियो ।