ताजा अपडेटः

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार १९:२५

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागुऔषध (ब्राउनसुगर) सहित उनीहरु  पक्राउ परेका हुन। पक्राउ पर्नेमा सोही नगरपालिका ३ तिलकपुर बस्ने एक १८ वर्षीय किशोरसहित ३ जना रहेका छन्। तर, उनीहरुको नाम भने खुलाइएको छैन।

बुधबार साँझ  पक्राउ परेका उनीहरुबाट १४ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



Ads