ताजा अपडेटः

महिनावारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न

कल्पना खरेल
महिनावारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार १८:३४

सुनवल। बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी “ भन्ने मुल नारा का साथ आज सुनवल नगरपालिकाको भवनमा नगर बाल संजालको आयोजना र सुनवल नगरपालिकाको सहयोगमा महिनावारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगर बाल संजालका अध्यक्ष लिकिश बुढाथोकीको अध्यक्षता एवम् सुनवल नगर प्रमुख विमला अर्यालको प्रमुख अतितथ्यतामा कार्यक्रम भएको थियो भने कार्यपालिका सदस्य सिता भण्डारी , बाल कल्याण अधिकारी रेशम शर्मा , सि एफ एल जी सहजकर्ता सुम्निमा पन्थी , महिला तथा बाल बालिका शाखा उपप्रमुख सरिता शर्मा र सम्पुर्ण वडाका बालमैत्री स्वयमसेवकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले सामाजिक रुपान्तरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । सुनवल नगरपालिकाका बालबालिकाले आफ्नो पहिचान अन्तराष्टिय स्तरसम्म पुर्याउन सफल भएकोेमा गर्व व्यक्त गर्दै महिनावारी हुदा समाजले हेर्ने दृष्टिकोण फेर्न यस्ता कार्यक्रम अति आवश्यक रहेको बताउदै आफु महिनाबारी हुदा घरपरिवार र समाजमा भोगेका आफना अनुभवहरु सुनाउनुभयो । महिनावारी हुदा पारिवारिक सामाजिक अपहेलन होइन एक गर्भवती सरह सेवा गर्नु पर्ने कुरामा जोड दिनुभयो । यस्ता कार्यक्रम संचालन गरेकोमा आयोजक समुहलाई विषेश धन्यबाद दिदै आगामी दिनमा यस्तै कार्यक्रम संचालन गर्न उत्प्रेरित गर्नु भएकोथियो                         

कार्यक्रममा पूर्व नगर बाल संजालकी सचिव पुनम ढकालले प्रशिक्षण गर्नुभएको थियो भने कार्यक्रमको संचालन दिया ढकालले गर्नुभएको थियो ।




Ads