ताजा अपडेटः

बर्दघाटमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको मृत्यु

बर्दघाटमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको मृत्यु प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार १७:४२

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट ६ बेतहानीका वर्ष ४० का टिकाराम भट्टराई रहेका छन ।

पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आँउदै गरेको ना ६ ख ३३३० नम्बरको ट्रकले ठक्कर दिदा थप उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाईएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

शव चिसापानीमा राखिएको छ भने ठक्कर दिने चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभएको छ ।



Ads