रंजीत शर्मा,परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ हरपुर देखि सुगौली सम्म घरेलु हिंसा तथा बाल बिवाह न्यूनीकरणका लागि सचेतनामुलक र्याली निकालिएको छ।
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारा सहित सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन भएको छ।
युनाटेड मिशन टू नेपाल तथा सुनवल सामुदायिक विकास केन्द्रको सहयोग तथा पाल्हीनन्दन गाउँपालिका र हरपुर माध्यमिक विद्यालयको समन्वय तथा रामरहीम धर्मगुरु तथा अगुवा समुह, राधा कृष्ण महिला समूह ,हरपुर श्रीमती समुह, जनता श्रीमान समूहको संयुक्त आयोजनामा सम्पन्न भएको छ।
कार्यक्रममा वार्ड अध्यक्ष जगदीश गुप्ता,वार्ड सदस्य सजीवन गुप्ता,विश्वनाथ यादव,पत्रकार रंजीत शर्मा लगाएत २०० जना महिला पुरुष तथा बालबालिकाको सहभगिता रहेको थियो।