ताजा अपडेटः

दार्चुलाकाे सदरमुकाममा भारतले एकतर्फी बनाएकाे तटबन्धकाे कम्युनिस्ट पार्टी मसालद्वारा विराेध

दार्चुलाकाे सदरमुकाममा भारतले एकतर्फी बनाएकाे तटबन्धकाे कम्युनिस्ट पार्टी मसालद्वारा विराेध प्रकाशित मिति: २० मंसिर २०७९, मंगलवार १८:१७

कम्युनिष्ट पार्टी मसालले आज एक विज्ञप्ति जारी गरी भारतले एकतर्फि बनाएको तटबन्धको विरोध गरेको छ । दार्चुलाको सदरमुकाम खलङ्गस्थित बाङ्गाबगडा मा भारतले एकतर्फि बनाएको तटबन्धको कम्युनिष्ट पार्टी मसालले विरोध गरेको हो ।
सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भाततले एकतर्फि बनाएको तटबन्धनले नेपाली भूमी र वस्ती जोखिममा पर्ने बताईएको छ । उहाँले भारतको उक्त कार्यको विरोधमा उत्रिएका स्थानीय माथि भारतीय पक्षबाट भएको ढुङ्गा प्रहारको भत्सना गर्नुभएको छ ।
प्रवक्ता पुरीले सो ढुङ्गा प्रहारबाट घाईते भएका नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उत्पन्न समस्या तत्काल समाधान गर्न सरकार सगँ माग गर्नुभएको छ ।



Ads