ताजा अपडेटः

स्वास्थ्य क्षेत्रमा लेैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभिमुखिकरण

कल्पना खरेल
स्वास्थ्य क्षेत्रमा लेैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभिमुखिकरण प्रकाशित मिति: १८ मंसिर २०७९, आईतवार १७:५१

कल्पना खरेल,सुनवल । स्वास्थ्य क्षेत्रमा लेैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज सुनवलमा सम्पन्न भएको छ ।

सुनवल नगरपालिका को आयोजना तथा स्वास्थको लागि सक्षम प्रणाली यू एस आई डिको सहकार्यमा सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

सुनवल नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा लेङ्गिक समानता तथा समाजिक समावेशिकरण र योनिक सम्बन्धी जानकारी गराईएको थियो । साथै कार्यक्रममा अन्तराष्ट्रिय सन्धि अनुरुप प्रतिबद्धता र बेजिङ्ग कार्ययोजना १९९५ चौथो विश्व महिला सम्मेलन साथै जेसीको बारेमा जानकारी प्रस्तुत गरिएको थियो ।

रमा भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख सुर्यप्रसाद दुब, प्रशासकिय प्रमुख भक्तिराम मरासिनी, नगरभित्रका १३ वटै वडाका वडा अध्यक्ष,सबै कार्यपालिका सदस्यहरु, इलाका प्रहरी सुनलका प्रमुख बिष्णु पौडेल, स्वास्थ्य शाखाका प्रमुख तथा इन्चार्जहरु, निजि क्षेत्र का कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिबद्धताको स्तुति पत्रमा उपस्थित सबैको हस्ताक्षर गराइएको वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनु भएको छ ! सुनवल स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यापानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा सह प्रमुख चुरामणी नेपालले गर्नुभएको थियो !




Ads