ताजा अपडेटः

नवलपरासीमा ३० क्विन्टल अवैध चिनी सहित पिकअप गाडी पक्राउ

नवलपरासीमा ३० क्विन्टल अवैध चिनी सहित पिकअप गाडी पक्राउ प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार ०८:२९

परासि। ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बिओपी हरपुरबाट खटिएको संयुक्त टोलीले ३० क्विन्टल अवैध चिनी सहित पिकअप गाडी पक्राउ गरेको छ ।

आज बिहान करिव २:०० बजेको समयमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १७ पट्खौली स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु १ ज ४००४ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा ६० बोरामा ३० क्विन्टल अवैध चिनी फेला परेकाे हाे ।

बरामत गरीएकाे चिनी सहित साे गाडीलाई तत्काल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

बरामत गरीकाे चिनीको अन्दाजी मुल्य १ लाख ९५ हजार बराबर र गाडीको अन्दाजी मुल्य १५ लाख बराबर गरी जम्मा मुल्य १५ लाख ९५ हजार बराबर रहेको छ। नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।



Ads