ताजा अपडेटः

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना प्रहरीको मृत्यु ,६ घाईते

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना प्रहरीको मृत्यु ,६ घाईते प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार ०९:२२

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा ६ जना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेकाे से १ ज ८५४ नम्बरको जीप  दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहेका छन् ।घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरुको परिचय खुल्न बाँकी रहेकाे छ ।  जीप सडकबाट करिब ३ सय मिटर तल खसेको  जनाइएकाे छ ।



Ads