ताजा अपडेटः

कास्की निर्वाचन क्षेत्र नं २को प्रतिनिधिसभामा घण्टीको तिब्रता

कल्पना खरेल
कास्की निर्वाचन क्षेत्र नं २को प्रतिनिधिसभामा घण्टीको तिब्रता प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार ०५:२५

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ ।
उहाँले अहिलेसम्म १ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गर्नुभएको छ ।

अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।




Ads