ताजा अपडेटः

पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु

पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार ०८:०७

सिरहा।सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले दिएको जानकारी अनुसार जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको हो।

हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Ads