सुनवल। अज्ञात समुहको आक्रमणमा परि गम्भिर घाइते भएका सुनवल नगरपालीका वडा नम्बर १ प्रगतिटोलका डिल्लीराज चापागाईंको मृत्यु भएको छ । कात्तिक १० गते तिहारमा भाईटिकाको दिन देउसि भैलो खेल्ले क्रममा राति साढे ९ देखि १० वजेको विचमा १८ वर्षिय चापागाई माथि निर्घात कुटपिट भएको थियो ।
कुटपिटका कारण अचेत अवस्थामा रहेका चापागाईलाई सोहि ठाउँका केहि स्थानियले देखि इलाका प्रहरी कार्यालय सुनवललाई खवर गरेका थिए । खवर पश्चात उनलाई प्रहरीले उपचारका लागी भैरहवा स्थिति सि एम सि अस्पताल लगिएको थियो ।
गम्भिर घाइते भएका उनलाई अस्पतालले कात्तिकको २० गते आईतबार मृत्य घोषित गरेको थियो । ७५ हजार धरौटि राखि उपचार शुरु गरीएको चापागाईलाई हालसम्म ३ लाख ५० हजार भन्दा बढि खर्च भएको पारिवारीक स्रोतले बताएका छन् ।
परिवारको आर्थिक अवस्था साह्रैनै नाजुक रहेकाले सो उपचार खर्च तिर्न नसक्दा सि एम सि अस्पताल भैरहवाले मृतकको शव घर ल्याउन नदिई मुद्धा घरमा राखेको मृतकका बुबा गौरीश्वर चापागाईले बताउनुभएको छ ।
यतिवेला मृतक छोराको शव घर ल्याउनका लागी परिवारले आर्थिक सहयोगको को अपिल गरेका छन् । घटनाको अनुसन्धान गरिएको र आक्रमण गर्नेको खोजि कार्य भई रहेको प्रहरीले जनाएको छ ।