ताजा अपडेटः

उत्तरायणी नदिमा लाग्ने मेलाको उद्घाटन

उत्तरायणी नदिमा लाग्ने मेलाको उद्घाटन प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलवार ०९:१४

 सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ खुटहटमा अबस्थित उत्तरायणि नदिमा लाग्ने मेलाको हिज उद्घाटन भएको छ ।

श्री उत्तरायणी मेला तथा सास्कृतिक कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर थापाको अध्यक्षता, पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेलको प्रमुख आतिथ्यता,सुनवल नगरपालिकाका सस्थापक नगरप्रमुख भिमबहादुर थापा क्षेत्री को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य बिकाश क्षेत्री, पसुपती मगर, वडा नम्बर २ मेलमिलापका संयोजक ज्ञानचन यादबको आतिथ्यता थियो भने स्थानिय, बुद्धिजीवी ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

दिपक गाहा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेलले कार्यक्रमको उद्घाटन भएको थियो ।

प्रमुख अतिथी कंडेलले उत्तरायणी नदिलाई धार्मिक पर्यटनको रुपमा बिस्तार गर्न आफू लागि पर्ने र आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

श्री उत्तरायणी मेला तथा सास्कृतिक कार्यक्रम ब्यबस्थापन समितिका सदस्य सुनिल कुमार मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

उत्तरायणी नदिमा प्रत्येक बर्षको कात्तिक शुक्ल पक्षको चतुर्थीका दिन देखि लाग्ने गरेको छ ।



Ads