ताजा अपडेटः

राष्ट्रिय स्वतन्त्र पार्टिका मदन मतदाता माझ लोकप्रिय बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टिका मदन मतदाता माझ लोकप्रिय बन्दै प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहीबार १८:४८

सुनवल ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि परासि क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टिका मदन पौडेल (राज) मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका छन् ।                           

सर्वसाधारण माझ गएर गुनासो सुन्ने, सुझाव संकलन गर्ने,आफ्ना कार्ययोजनाहरु सुनाउने पौडेलको दैनिकी बनेको छ । पौडेलको चुनावी प्रचारप्रसार फरक किसिमको छ उनले भन्छन
देश बनाउने जिम्मा तपाईं को हातमा आएको छ तपाईं को एक भोट ले देश बचाउन सकिन्छ आफ्नो भोट सहि उमेदवारलाई मतदान गर्न आग्रह गर्दै चुनाव आउँदा मात्रै जनताको घरदैलोमा जाने ,झुठो आश्वासन दिने प्रलोभनमा पार्ने प्रवृत्ति रहेकोले अब त्यस्ता खालका झुठो आश्वासनमा नफस्न र सहि नेतृत्व छान्न अनुरोध गरेका छन ।                               

क्षेत्र नम्बर २ का मतदाता मनोज चापागाईं भन्छन युवालाई देश दिनु पर्छ हजुरबुवाहरु ले सल्लाह दिनु पर्यो युवाको जोस र बुढाहरुको सल्लाहले नै देश परिवर्तन गर्न सकिने बताउछन ।                             

३४ बर्षिय युवा नेता पौडेल सर्वसाधारण माझ सजिलै घुलमिल हुने सरल स्वभाव र आम सर्वसाधारणको गुनासो सुन्न नहिचकिचाउने, शैक्षिक योग्यताका msw( सामाजिक काममा मास्टर ) गरेका ,महिला तथा बाल बिकासको क्षेत्रमा १० बर्ष प्रशिक्षक गरेका, १७ पटक रक्तदान र नेपाली सामान मात्र बेच्ने व्यावसायि
भएकाले मतदाता माझ लोकप्रिय बन्दै गएका छन् ।